हाम्रो गाउँघरमा पुदिनालाई पतेना पनि भन्ने गरिन्छ । यसको अचार कसैलाई औधी मन पर्छ भने कसैलाई कम तर पुदिना बहुगुण भएको बनस्पति हो अहिले पुदिनाको विषयमा धेरैले चासो लिन थालेका छन् जानौ पुदिनाको फाईदा :
मुहारमा आउने डण्डिफोर र खिलबाट छुटकाराः पुदिनाको पातहरु सँगै ३ थोपा जती कागतीको रस मिलाएर मुहारमा लगाउने र पाँच मिनेट पछि यसलाई सफा गर्नु पर्दछ । एक हप्ता सम्म निरन्तर यसको प्रयोग गरेमा अनुहारमा आउने डण्डिफोर र डण्डिफोर बाट बनेका खिलबाट पुरै मुक्ति पाउन सक्नुहुनेछ ।
रुघा ज्वरो र खोकीबाट छुटकाराः जाडो महिनामा ज्वरो र रुघा लागेमा अदुवाको रस सँग पुदिनाको पात थिचेर प्रयोग गर्नाले रोगलाई पूर्णरुपमा निको पार्न सहयोग गर्दछ । करिब एक गिलास पानिमा पुदिनाका १० वटा जति पातहरु, थोरै कालो मर्चा र थोरै कालो बिरेनुन हालेर उमाल्नु पर्दछ । पाँच मिनेट उमालिसकेपछि पानी छानेर पिएमा रुघा खोकीबाट बच्न सकिन्छ ।
पेट दुखाइबाट आरामः पेट दुखेको बेलामा अदुवाको रससँग यसको पात घोटेर पानी बनाएर खाएमा दुखाइ कम हुन्छ ।
मुख गन्हाउने समस्याबाट मुक्तिः मुख गन्हाउने समस्या भएकाहरुले पुदिनाको सुख्खा पातहरु लाई पिसेर मञ्जन गरे जसरी दाँतमा घोटेमा यसले मुखबाट आउने दुर्गन्धलाई कम गर्दछ । गिजालाई पनी यो विधिले बलियो पार्दछ
रुघा लम्बिएमाः रुघा लागेर निकै समयसम्म पनि सञ्चो नभएमा पुदिनाको पात नाकको प्वालमा राखेको खण्डमा यसले पूरै निको पार्दछ ।
दादबाट छुटकाराः शरिरमा दाद वा छालामा फुस्रोपना आएमा पुदिनाको पातलाई दिनमा चार पटक दाद आएको ठाउँ वा फुस्रो भएको ठाउँमा लगाएमा निको पार्दछ ।