भारतिय विदेश मन्त्रालयले भन्यो- 'नेपालको समस्या आफ्नै घरेलु ढाँचा र लोकतान्त्रिक प्रक्रियामा रहेर समाधान गर्नुपर्छ' — OSNepal

भारतिय विदेश मन्त्रालयले भन्यो- ‘नेपालको समस्या आफ्नै घरेलु ढाँचा र लोकतान्त्रिक प्रक्रियामा रहेर समाधान गर्नुपर्छ’

LC (KTM) May 26, 2021 0

काठमाडौँ १२ जेठ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतले आन्तरिक मामिला भएको बताएको छ । आज बुधबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले सञ्चार मध्यमहरुले सोधेको प्रश्नमा नेपालको समस्या घरेलु ढाँचा र लोकतान्त्रिक प्रक्रियामा रहेर समाधान गर्नुपर्ने बताएका हुन् ।

प्रवक्ता बागचीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई आफुहरुले ध्यानपुर्वक हेरेकोले यो नेपालको नितान्त आन्तरिक मामिला भएकोले नेपाल आफैले अहिलेको समस्या समाधान गर्नुपर्ने बताएका छन् । आफ्नै घरेलु ढाँचा र लोकतान्त्रिक प्रक्रियामा रहेर समाधान गर्नुपर्छ’। भारतीय विदेश मन्त्रालयले भन्यो ।

त्यस्तै,छिमेकी मुलुक भएका नाताले भारतले सधैं नेपालको प्रगति, शान्ति, स्थिरता र विकासको यात्रामा समर्थन गर्ने पनि विदेश मन्त्रालयले बताएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर