ओलीलाई समर्थन गर्नुपर्नेमा किन देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्नुभयो ? भन्दै ठाकुरले सोधे यादवलाई स्पष्टिकरण — OSNepal

ओलीलाई समर्थन गर्नुपर्नेमा किन देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्नुभयो ? भन्दै ठाकुरले सोधे यादवलाई स्पष्टिकरण

LC (KTM) May 26, 2021 0

काठमाडौँ १२ जेठ । जनता समाजवादी पार्टी ९जसपा० ले पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाईस्पष्टिकरण सोधेका छन् । पार्टीको नियम विपरित विक्षीपक्ष हरुसँग मिलरे प्रधानमन्त्री केपी ओली सरकारको विरुद्ध अदालत किन गएको भन्दै स्पष्टिकरणमा सोधिएको छ ।अध्यक्ष यादवलाई आजको मितिदेखि ३ दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन समय दिइएको छ ।

स्पष्टिकरणमा यादवलाई प्रश्न गरिएको छ ,‘पार्टी एकता भएदेखि नै समायोजनमा रुचि नलिइ विभिन्न जिल्लाहरुमा पार्टी एकताविरोधी गुटगत रुपमा बैठक, प्रशिक्षण, गोष्ठी, भेला जस्ता गतिविधिहरु किन सञ्चालन गर्नुभयो ? ‘तपाईंले मिति २०७८–०२–०६ गते संसदीय दलद्वारा गरिएको निर्णय बमोजिम संविधानको धारा ७६(५) अनुसार प्रतिनिधिसभा सदस्य श्री केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा त्यसको विपरित विपक्षी गठबन्धनका उम्मेदवार श्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा जेठ ७ गते किन र कुन कारणले हस्ताक्षर गर्नुभयो ? ’,

स्पष्टिकरणमा विगत केही दिनहरुमा तपाईंको काम कारबाही र क्रियाकलापहरू हाम्रो पार्टी, जनता समाजवादी पार्टी नेपालको मूल्यमान्यता, नीति तथा विधान विपरित भैरहेको हुँदा तपाईंलाई पार्टी विधानको दफा ४९ मा भएको अनुशासनको कारबाही सम्बन्धी व्यवस्थाअनुसार यो स्पष्टीकरण सोध्ने कार्य भएको उल्लेख गरिएको छ ।

ठाकुरले मधेशीको माग पूरा गराउने सन्दर्भमा लागेका लक्ष्मणलाल कर्ण र सर्वेन्द्र नाथ शुक्लालाई अनुशासनको कारबाही अघि बढाउन पर्ने कारण समेत स्पष्टिकरणमा मागेका छन् । ओलीलाई प्रधानमन्त्रीमा समर्थन नगरेर काँग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्दै हस्ताक्षर गर्नुको कारण के हो भन्दै ठाकुरले स्पष्टिकरणमा यादवलाई पश्न समेत सोधेका छन् ।

 

 

 

 

 

.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर