प्रधानन्यायाधीश जबराले तोकेका सबै इजलासमा बहिष्कार जसमा प्रत्यक्षीकरणका मुद्धा समेत हेरिएन — OSNepal

प्रधानन्यायाधीश जबराले तोकेका सबै इजलासमा बहिष्कार जसमा प्रत्यक्षीकरणका मुद्धा समेत हेरिएन

LC (KTM) November 12, 2021 0

काठमाडौं २६ कात्तिक । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले तोकेका सबै इजलास र बन्दी प्रत्यक्षीकरणका दुई मुद्धा पनि न्याायाधीशहरुले बहिष्कार गरेका छन् । सर्वोच्च गेट बाहिर भएको विरोध प्रदर्शनका बाबजुत पनि जवरा बैकल्पिक बाटो बाट सर्वोच्चमा प्रवेश गरी ८ वटा इजलास तोकेका थिए ।

जबराको राजीनामा माग गर्दै धर्नामा बसेका न्यायाधीशहरुले भने, इजलासलाई अगाडी बढ्न नदिने भन्दै बहिष्कार गरेका छन् । शुक्रबार आठवटा इजलासमा १ सय ३३ मुद्दा तोकिएका थिए। तीमध्ये बन्दी प्रत्यक्षीकरणका दुईवटा मुद्दा थिए। ति दुई बन्दी प्रत्यक्षीकरणका मुद्धा समेत हेरिएन ।

शुक्रबारका लागि प्रधानन्यायाधीश जबराले न्यायाधीशहरू दीपककुमार कार्की, कुमार चुडाल, मीरा खड्का, प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिप्रसाद फुयाल, आनन्दमोहन भट्टराई, सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना, नहकुल सुवेदी, कुमार रेग्मी र तेजबहादुर केसीलाई इजलास तोकेका थिए।

आइतबार पनि इजलास चल्न नदिने प्रदर्शनमा उत्रिएका न्यायाधीशहरुले निणर्य गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर