काठमाडौं २६ कात्तिक । पेट्रोलिय पदार्थको मुल्य वृद्धि फिर्ता गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।
मुल्य वृद्धि फिर्ता गर भन्दै निगम अगाडी विद्यार्थीहरुले नारा लगाएका छन् । जनता लुट्न पाइदै ,मुल्य वृद्धि खारेज गर भन्दै विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले नारा लगाएका छन् ।
निगमले बिहिबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।