पछिल्लो २४ घण्टामा थप ३९७ जनामा संक्रमण पुष्टि , ३८९ जना संक्रमण मुक्त हुँदा तिन जनाको मृत्यु — OSNepal

पछिल्लो २४ घण्टामा थप ३९७ जनामा संक्रमण पुष्टि , ३८९ जना संक्रमण मुक्त हुँदा तिन जनाको मृत्यु

LC (KTM) November 12, 2021 0

काठमाडौं २६ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हाल सम्म कोरोना संक्रमितको संख्या ९ लाख ११ हजार ४५२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ हजार १ सय ३४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ९ सय ३२ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जना गरी ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ भने ३८९ जना संक्रमण मुक्त भएका छन् । संक्रमतिमध्ये १९० जना आईसीयू र ५७ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर