गर्मी मौसममा खरबुजा खानुका यस्ता छन् फाइदा ! — OSNepal

गर्मी मौसममा खरबुजा खानुका यस्ता छन् फाइदा !

LC (KTM) November 12, 2021 0

काठमाडौ -खरबुजा स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ यो गर्मी मौसममा प्राय मानिसहरुले सेवन गर्दछन । यसको स्वाद निकै मिठो हुन्छ ।

बाहिर हेर्दा हरीयो कलरको देखिने खरबुजा भित्र हेर्दा रातो र निकै मिठो हुने गर्दछ । शरीरलाई फ्रेस राख्‍नका लागि फलफूल निकै फाइदा जनक मानिन्छ । फलफुल मध्यको राजा खरबुजा एक हो । गर्मी मौसम लागेसँगै बजारमा खरबुजा छ्याप्छ्याप्ती पाउन सकिन्छ ।। यसले शरीरमा पानीको मात्रा पूर्ती गर्नुका साथै छालामा चमक ल्‍याउँछ ।

गर्मीमा कोल्ड ड्रिङक्स पिउनुभन्दा खरबुजा खानु उत्तम हुन्छ । यसको सेवन गर्दा हाम्रो शरिरलाई विभिन्न खालका फाइदाहरु हुने गर्दछन् । खरबुजा खानाले शरीरिक फाइदा पु–याउनुका साथै छालामा चमक ल्‍याउँछ । खरबुजा अनुहारमा लगाउनाले चमक आउँछ ।खरबुजा खानाले किड्नीको रोगीका लागि पनि भरपुर रुपमा फाइदा हुन्छ । खरबुजामा बेटा क्यारोटीनले भरिपूर्ण हुन्छ जसले शरीरमा ‘भिटामिन ए’को कमी पूरा गर्छ ।

‘भिटामिन ए’ले आँखाको ज्‍योती बढाउनुका साथै आँखामा आउने धेरै प्रकारका इन्फेक्सनबाट बचाउँछ । यसले शरीरका अनेक प्रकारका क्‍यान्सर निको बनाउने अनुसन्धानबाट पता लागेको छ । यसले प्रोटेस्ट क्‍यान्सर, ब्रेस्ट क्‍यान्सर लगायत पेटको क्‍यान्सरका लागि फाइदाजनक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर