न्यायालयको सरोकारवाला निकाय भनेको बार हो यसमा सरकारले हस्तक्षेप गर्न मिल्दैन : प्रधानमन्त्री देउवा — OSNepal

न्यायालयको सरोकारवाला निकाय भनेको बार हो यसमा सरकारले हस्तक्षेप गर्न मिल्दैन : प्रधानमन्त्री देउवा

LC (KTM) November 12, 2021 0

काठमाडौं २६ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयको विवादमा सरकारले हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । शुक्रबार आफु निकट नेता तथा मन्त्रीहरुसँगको कुारकानीमा प्रधानमन्त्री देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

बिहिबार बेलुका कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु,महामन्त्री पूर्णबहादुर खड्का लगायतसँगको कुराकानीमा पनि देउवाले न्यायालयको विषयमा केहि हस्तक्षेप गर्न नहुने बताएका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री देउवाले राज्यका तीन अंगहरु कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको आ आफ्नै जिम्मेवारी रहेको भन्दै सरोकारवाला निकाय भनेको बार भएको बताएका छन् ।

न्यायालयको सरोकारवाला निकाय भनेको बार हो बारले नै समाधान गर्ने बताएका छन् । देउवाले न्यायपालिकालाई कार्यपालिकाले यो गर, ऊ गर भनेर निर्देशन दिने कुरा नभएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर