काठमाडौं २६ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गर्दै धर्ना बसेका कानुन व्यावसायीलाई आज सुरक्षा व्यवस्था कडा पारे सर्वोच्च अदालत भित्र प्रवेश गर्न दिइएको छैन ।
तथापी ,कानुन व्यावसायी भने सर्वोच्चको मुल गेटमा नै बसी धर्ना दिउका छन् । बिहिबार भएको धरपकडमा ६ जना अधिवक्ता घाइते भएपछि आज शुक्रबार जवरालाई सर्वोच्च भित्र प्रवेश गर्न नदिने भन्दै नेपाल बार एशोसियसनले निणर्य गरेको थियो ।
तर ,बिहानै सर्वोच्च अदालतमा चार तहको सुरक्षा व्यवस्था गरि सर्वोच्चका सबै गेट बन्द गरिएको थियो । सर्वोच्च परिसमा बन्द भएपछि बाहिर धर्नामा बसेका कानुन व्यवसायीले जवराको राजीनामा माग गर्दै आएका छन् ।
धर्नामा मै बसेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले भने सिधैं गृहमन्त्री बालकृष्ण खाँडलाई फोन गरी सर्वोच्च अदालतको परिसमा खटाइएको सुरक्षा व्यवस्था हटाउन आधा घण्टाको समय दिएका थिए ।
नहटाए राम्रो नहुने समेत चेतावनी दिएका थिए ।अधिवक्ता कार्कीले फोनमा गृहमँन्त्री खाँडलाई भने ‘आधा घण्टाभित्र सर्वोच्च अदालत परिसरबाट सुरक्षाकर्मी हटाउनुस्, होइन भने राम्रो हुँदैन ।’
कार्कीले खाँणलाई धर्ना स्थलबाटै फोनमा भने, ‘न्यायालय प्रहरी प्रशासन प्रयोग गरेर चलाउने होइन,’ यति धेरै सुरक्षाकर्मी प्रयोग ‘अनसिभिलाइज्ड देखिन्छ, सर्वोच्चमा भल्गर देखियो है बाबु ! ’
अहिले भने सर्वोच्च परिसरबाट सशस्त्र प्रहरी हटाइएको छ ।