प्रधानन्यायाधीश जबराको विषयमा कानुन व्यवसायीबिच हात हालाहाल — OSNepal

प्रधानन्यायाधीश जबराको विषयमा कानुन व्यवसायीबिच हात हालाहाल

LC (KTM) November 12, 2021 0

काठमाडौं २६ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा पक्षका कानुन व्यवसायी र विपक्षका कानुन व्यवसायीबिच झडप भएको छ ।

जवारको राजीनामा माग गर्दै बसेका कानुन व्यवसायीहरु सर्वोच्च अदालतको मुल गेटमा धर्ना दिइरहेका छन् । धर्नाको क्रममा कहि भनाभन भएपनि हात हालाहालको र्सिजना समेत भएको बताइएको छ ।

नेपाल बार एशोसिएसनको अगुवाईमा भएको विरोध प्रदर्शनमा धर्नामा बसेका एशोसिएसनका महासचिव लिलामणि पौडेलले धर्नालाई सम्बोधन गर्दै जवराले भिजिलान्ते प्रयोग गरेर आन्दोलन दबाउन खोजेको आरोप समेत लगाएका छन् ।

सर्वोच्च परिसरमा चार तहको सुरक्षा घेराउ भएपछि मुल गेटमै जवराको राजीनामा माग गर्दै कानुन व्ययसायी धर्नामा बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर