नायव उपरीक्षक (डीएसपी) लोकनाथ तिमिल्सिनाको निधन — OSNepal

नायव उपरीक्षक (डीएसपी) लोकनाथ तिमिल्सिनाको निधन

LC (KTM) November 12, 2021 0

काठमाडौं २६ कात्तिक । नायव उपरीक्षक (डीएसपी) लोकनाथ तिमिल्सिनाको निधन भएको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीको इन्चार्जको रुपमा कार्यरत तिमिल्सनाको उपचारको क्रममा शुक्रबार बिहान नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंमा निधन भएको हो ।

केहि समय अगाडी कोरोना संक्रमण पुष्टि भएको तिमिल्सिनाको कोरोना निको भएपनि फोक्सोमा समस्या देखा परेको थिया । फोक्सोको उपचार गराइरहेका उनी दर्शैमा बिरामी भएका थिए ।

भक्तपुर निवासी उनी यस भन्दा अगाडी नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय भक्तपुर कार्यारत थिए । सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले उनको निधन बारे जानकारी गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर