वरिष्ठ अधिवक्ता कार्कीले धर्ना स्थलबाटै गृहमन्त्री खाँडलाई यस्तो भनेर फोन गरेपछि... — OSNepal

वरिष्ठ अधिवक्ता कार्कीले धर्ना स्थलबाटै गृहमन्त्री खाँडलाई यस्तो भनेर फोन गरेपछि…

LC (KTM) November 12, 2021 0

काठमाडौं २६ कात्तिक । सर्वोच्च परिसरमा धर्नामा बसेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले गृहमन्त्रीलाई फोन गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गर्दै विरोधमा उत्रिएका कानुन व्यवसायीलाई चारको तहको सुरक्षा घेरा हाली सर्वोच्च परिसर भित्र प्रवेश गर्न नदिए पछि अधिवक्ता कार्कीले सोझै गृहमन्त्री खाँडलाई फोन गरेर आधा घण्टाभित्र सर्वोच्च परिसरको सुरक्षा व्यवस्था हटाउन आग्रह गरेका छन् ।

सर्वोच्चको मुल गेटमै कानुक व्यवसायीहरु जवराको राजीनामा माग गर्दै धर्नामा बसेका छन् । नेपाल बार एशोसियसनको अगुवाईमा दोस्रो तहको विरोध प्रदर्शन भएको हो ।

अधिवक्ता कार्कीले धर्ना स्थलबाटै गृहमन्त्रीलाई फोन गरेर आधा घण्टाभित्र सुरक्षा व्यवस्था नहटाए राम्रो हुने छैन समेत भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर