वैकल्पिक बाटो रोजेर प्रधानन्यायाधीश जबरा पुगे सर्वोच्च, धर्नामा बसेका कानुन व्यवसायी भए हेरेको हेरै — OSNepal

वैकल्पिक बाटो रोजेर प्रधानन्यायाधीश जबरा पुगे सर्वोच्च, धर्नामा बसेका कानुन व्यवसायी भए हेरेको हेरै

LC (KTM) November 12, 2021 0

काठमाडौं २६ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा वैकल्पिक बाटोबाट सर्वोच्च अदालत पुगेका छन् । कानुन व्यवसायीहरुको गेट बाहिर भएको विरोध प्रदर्शनले गर्दा प्रधानन्यायाधीश जवरा मूल गेटको साटो एक नम्बर गेटबाट सर्वोच्च पुगेका हुन् ।

अहिले ११ बजे जवरा सर्वोच्च पुगेका हुन् । सुरक्षाकर्मीहरुले स्कर्टिङ गरेर जवरा सर्वोच्च प्रवेश गरेका हुन् । आज शुक्रबार अदालत पुरै बन्द गर्ने भन्दै कानुन व्यावसायहरु धर्नामा बसेका छन् ।

यो पनि …
सर्वोच्च अदालतको परिसरमा चार तहको सुरक्षा घेरा , सुरक्षा व्यवस्थालाई कडा पार्न प्रहरी प्रमुख एसएसपी नै फिल्डमा

काठमाडौं २६ कात्तिक । सर्वोच्च अदालतको परिसर भित्र र बाहिर बाक्लो सुरक्षाकर्मीको उपस्थित रहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गर्दै नेपाल बार एशोसियसनले नेतृत्वमा भइरहेको विरोध प्रदर्शनमा रोक्न प्रहरीको बाक्लो सहभागिता रहेको हो ।

प्रधानन्यायाधीशलाई     सर्वोच्च   भित्र  प्रवेश गर्न  नदिने  बारको योजना विफ बनाउँदै     चार तहको सुरक्षा  घेरा बनाइएको  छ  । 

सर्वोच्चको मुल गेट तथा महान्यायाधीवक्ताको कार्यालय तर्फ र नेपाल बार एशोसिएससनको कार्यालयतर्फबाट सर्वोच्च अदालत भित्र प्रवेश गर्ने गेटहरु समेत बन्द गरी सुरक्षाकर्मीहरुले घेरा हालेका छन् ।

प्रहरी प्रमुख एसएसपी अशोक सिंह नै फिल्डमा खटिएर सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । कानुन व्यवसायीहरु भने गेट बाहिर बसेर नै नारा धर्ना दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर