मुम्बई । बलिउड अभिनेता शाहरुख खानले पारिवारिक समस्याका कारण विगत डेढ महिनादेखि फिल्मको छायांकनमा जोडिन नपाएकोमा सम्बन्धित निर्मातासँग माफी मागेका छन् ।
अभिनेता शाहरुखले समय दिन नसकेका कारण उनका फिल्महरूको छायांकन अहिले रोकिएको छ । जसका कारण निर्धारित समयमा ती फिल्म रिलिज गर्न अब निर्माण पक्षलाई गाह्रो हुने भएको छ । शाहरुखले यसअघि रोकिएको फिल्म पठानको छायांकन पहिला सुरु गर्ने बताएका छन् ।
लागूऔषध प्रकरणमा जेल परेका छोरा आर्यन खानलाई तारिखमा छुटाएपछि बल्ल तनाव कम भएको महसुस गरेका शाहरुख अब तीन दिनपछि छोराको २३औं जन्मोत्सव मनाएर फिल्मको छायांकनमा फर्कने भएका छन् ।राजधानि दैनिकमा खबर छ । परिवारको खुसीका लागि छोराको जन्मदिन मनाएर आफू छायांकनमा जाने उनको कथन छ ।
फिल्म पठानको छायांकनका लागि उनी त्यसपछि स्पेन जानेछन् । यो फिल्मको छायांकन सकिनासाथ अन्य फिल्मको छायांकनमा जोडिने पनि उनले बताएका छन् ।