प्रधानमन्त्री ओलीको गृहजिल्लाबाट नौ दलको संसद विघटनविरुद्ध आन्दोलन सुरु — OSNepal

प्रधानमन्त्री ओलीको गृहजिल्लाबाट नौ दलको संसद विघटनविरुद्ध आन्दोलन सुरु

LC (KTM) May 26, 2021 0

काठमाडौं १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा संसद विघटन विरुद्ध नौ दलले संयुक्त आन्दोलन गर्ने भएका छन् ।ओली सरकारको बाहेक अन्य सबै दलहरुले सरकार विरुद्ध आन्दोलन गर्ने भएका हुन् । हिजो मंगलबार नेपाली कांग्रेसको नेतृत्वमा बसेको दलहरुको बैठकले संयुत्त विज्ञप्ती जारी गर्दै आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

जनताको लामो संघर्ष, बलिदानी, त्याग र तपस्याबाट प्राप्त संविधान असफल बनाएर राष्ट्रलाई विग्रह र विखण्डनको बाटोमा धकेलेको विज्ञप्तीमा उल्लेख गरिएको छ । संयुक्त विज्ञप्ती मार्फत नौ दलहरुले ओलीले मुलुकलाई जटिल र गम्भिर राजनीतिक दुर्घटनातर्फ धकेल्ने यस्तो आपराधिक षडयन्त्रको जति निन्दा र भत्र्सना गरे पनि कम हुने उल्लेख गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर