निकै आक्रमक शैलीमा अध्यक्ष श्रेष्ठले भने- चोलेन्द्र शम्शेरले राजीनामा दिएको भोलीपल्ट उसको सम्पति समेत जफत गर्ने छौं — OSNepal

निकै आक्रमक शैलीमा अध्यक्ष श्रेष्ठले भने- चोलेन्द्र शम्शेरले राजीनामा दिएको भोलीपल्ट उसको सम्पति समेत जफत गर्ने छौं

LC (KTM) November 11, 2021 0

काठमाडौं २५ काीत्तक । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दे भन्दै अपशब्द बोलेका छन् ।

जवराको विरुद्ध आज भएको विरोध प्रदर्शनमा प्रहरीको झडपमा परि महासचिव लिलामणि पौडेलसहितका ६ जना अधिवक्ताहरू घाइते भएपछि आक्रामक देखिएका अध्यक्ष श्रेष्ठले चोलेन्द्र समशेर जबरा राजीनामा दे ’ भन्दै नारा लगाएका हुन् ।

‘अब हामी सबै कस्सिएर लागौं । हामी सम्पूर्ण नेपाली नागरिकहरु अगाडि बढौं । हामी सडकबाट होइन, हामी न्यायापालिकाभित्रबाट त्यसलाई हटाउनका लागि, हटाउन मात्र होइन, भाग्न सक्छ ।’ अध्यक्ष श्रेष्ठले आक्रमक शैलीमा भने ।

विरोध प्रदर्शनमा श्रेष्ठले जवराले जग्गा पनि जोडेको भन्दै राजीनामा मात्र दिए नहुने भन्दै राजीनामा दिएको भोलीपल्ट जवराको सम्पति समेत जफत गर्ने बताएका छन् ।

भोली शुक्रबार अदालतको सम्पुर्ण इजलास बन्द गर्ने समेत उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर