ल्वाङ–कपुरले कोरोना संक्रमितमा साँच्चिकै अक्सिजन बढाउँछ ? विज्ञले दिए यस्ता सुझाब — OSNepal

ल्वाङ–कपुरले कोरोना संक्रमितमा साँच्चिकै अक्सिजन बढाउँछ ? विज्ञले दिए यस्ता सुझाब

LC (KTM) May 26, 2021 0

काठमाडौं- सामाजिक सञ्जालमा अक्सिजन बढाउने भ्रमात्मक विधिबारे सचेत रहनुहोला । फेसबूक, ट्विटर, भाइबर, ह्वाट्सएप, टिकटकजस्ता सामाजिक सञ्जालमा अक्सिजन बढाउने विधिबारे वैज्ञानिक प्रमाणबेगरका अनगन्ती पोस्ट भेटिने गरेका छन् ।यस्ता विधि प्रयोग नगर्न विज्ञहरूले सचेत गराएका छन् ।

शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका डा। शेरबहादुर पुनले उपचारको आवश्यकता परेकाहरू हताश मनस्थितिमा औषधि वा उपचारका विभिन्न उपाय अपनाउँदै आएको बताए । उनले कतिपय अनलाइन, इन्टरनेटमा भएका गलत र भ्रामक सूचनामा भर परेर अक्सिजन बढाउने भ्रामक विधि अपनाइरहेको बताए ।

आफूलाई चिकित्सक बताउने एक व्यक्तिले अक्सिजन सिलिन्डरको साटो औषधिलाई मसिनो गरी छर्कन मिल्ने एक उपकरण नेबुलाइजरबाट अक्सिजन लिन सकिने भनेर गरेको दाबी सामाजिक सञ्जालमा फैलिएको छ ।फेसबूक, ट्विटर र ह्वाट्सएपमा फैलिएको सो पोस्टमा एक व्यक्तिले हिन्दीमा हाम्रो वातावरणमा प्रशस्त अक्सिजन रहेको र त्यसलाई नेबुलाइजरले दिन सक्ने भनेका छन् ।

श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा। रक्षा पाण्डेले नेबुलाइजरको कुरामा कुनै पनि सत्यता नभएको दाबी गरे । उनले भने, ‘नेबुलाइजरको मास्कमा २ वटा प्वाल हुन्छन् । त्यसबाट अक्सिजन बिरामीसम्म पुग्दैन । बिरामीलाई स्वाँस्वाँ हँुदा वा दमको बिरामीलाई औषधि दिन प्रयोग गरिन्छ । यसबाट अक्सिजन दिन सकिँदैन ।’

उनका अनुसार कहिलेकाहीँ अक्सिजन दिँदा मास्क लिक भएरनभएको हेर्नुपर्ने हुन्छ र अक्सिजन दिने पनि विधि हुन्छ ।कपुर, ल्वाङ, ज्वानो र कपुर तेल मिश्रणले कोभिडका बेला अक्सिजन स्तर बनाइराख्न सघाउने दाबी गरिएको छ । कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अनुसन्धान अधिकृत डा। अमितमान जोशीले त्यसले कोरोना संक्रमितलाई सहयोग पुर्‍याउने कुनै वैज्ञानिक प्रमाण नभएको बताए ।

उनले घरमा आइसोलेसनमा बसेका संक्रमितले वैज्ञानिक रूपमै पुष्टि भइसकेका श्वासप्रश्वास विधि मात्रै गर्नुपर्ने बताउँदै कपुरको तेल छालाको क्रिम तथा मलममा प्रयोग हुने भएकाले यसको सेवन हानिकारक हुनुका साथै बढी प्रयोग गरे जटिल समस्या आउन सक्ने पनि बताए । उनका अनुसार अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल ९सीडीसी० ले कपुर गन्ध फोक्सोमा पुग्दा हानि गर्नसक्ने चेतावनी दिएको छ ।

आयुर्वेदका चिकित्सक डा। जोशीले नाकमा २ थोपा कागतीको रस हाल्दा अक्सिजन स्याचुरेसन स्तर बढ्ने दाबी झूटा भएको दाबी गरे । कोभिडका कारण शरीरमा अक्सिजनको मात्रा घटेको छ भने मेडिकल अक्सिजन नै प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ ।

‘अक्सिजनको स्तर लामो समयदेखि न्यून छ र त्यसको उपचार गरिएन भने शरीरका कोष आफैं काम गर्न बन्द गर्न थाल्छन् । यस्तो बेलामा जीवनरक्षक उपचार भनेको मेडिकल अक्सिजन दिनु नै हो,’ डा। जोशीले भने ।कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अनुसन्धान अधिकृत डा। अमितमान जोशीले बिरामीको शरीरमा अक्सिजनको मात्रा ९४ भन्दा बढी हुनुपर्ने र यसका लागि अनुलोमविलोम पनि एउटा उपाय हुनसक्ने सुझाव दिए ।

डा। पाण्डेले घोप्टो परेर सुत्दा ९प्रोनिङ पोजिसन० श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीलाई फाइदा पुग्ने गरेको बताउँदै यसो गर्दा फोक्सोमा धेरै परिमाणमा अक्सिजन पुग्ने बताए ।उनले थपे, ‘कहिलेकाहीँ बिरामीलाई अक्सिजन दिएर मात्र पुग्दैन । त्यस्तो बेला हामी उहाँहरूलाई घोप्टो पार्छौं । यसो गर्दा फोक्सो फैलिन पाउँछ र अक्सिजनको मात्रा बढ्छ ।’

कोभिड संक्रमण भएपछि शरीरमा पानीको मात्रा कमी हुन नदिन चिकित्सकहरूले सल्लाह दिएका छन् । डा। जोशीले पानीको मात्रा पुगे फोक्सोलाई अक्सिजन लिन सजिलो हुने वैज्ञानिक आधार रहेको बताउँदै पानीको मात्रा पुगे फोक्सोलाई अक्सिजन लिन सजिलो हुने वैज्ञानिक आधार रहेको पनि बताए ।उनले झोलिलो खानेकुराहरू धेरै खानुका साथै टुसा उम्रिएको चना उमारेर झोल बनाउने, ज्वानोको झोल, कुरिलोको झोल, मासुको झोल बनाएर खाँदा संक्रमितलाई राम्रो हुने बताए । गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर