राष्ट्रपति भण्डारीबाट प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरुले लिए पद तथा गोपनियताको सपथ ग्रहण — OSNepal

राष्ट्रपति भण्डारीबाट प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरुले लिए पद तथा गोपनियताको सपथ ग्रहण

LC (KTM) November 11, 2021 0

काठमाडौं २५ कात्तिक । आज बिशिबार प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रममा तिनै प्रदेशका प्रदेश प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण लिएका हुन् ।
पद तथा गोपनियताको सपथ लिनेमा प्रदेश-१ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशी रहेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले गत कात्तिक २३ गते प्रदेश-१ को प्रमुखमा खापुङ, कर्णालीमा परियार र सुदूरपश्‍चिममा जोशीलाई नियुक्त गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर