प्रधानन्यायाधीश जवरालाईसर्वोच्च अदालतमा प्रवेशमा रोक लगाउने — OSNepal

प्रधानन्यायाधीश जवरालाईसर्वोच्च अदालतमा प्रवेशमा रोक लगाउने

LC (KTM) November 11, 2021 0

काठमाडौं २५ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरालाई नेपाल बार एसोसियसनले सर्वोच्च अदालतमा प्रवेशमा रोक लगाउने भएको छ । पदच्यूत गर्नुपर्ने भन्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जवरालाई सर्वोच्च अदालतमा रोक लगाउनु बताएका हुन् ।

जवराको राजीनामाको माग गर्दै सर्वोच्च परिसरमा भइरहेको विरोध प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेपछि भोली शुक्रबार सर्वोच्च अदालतका सम्पूर्ण इजलास बहिष्कार गर्ने भएका छन् । भोली बन्दी प्रत्यक्षीकरणका मुद्दा पनि नहेर्ने भएका छन् ।

आज भएको झडपमा बारका महासचिव लीलामणि पौडेलसहितका अधिवक्ता घाइते भएका छन् । न्यायालयमा हुने भ्रष्टाचारको नेतृत्व प्रधानन्यायाधीश जबराले गरेको भन्दै उनको राजीनामा माग्दै बारले केहि दिन यता राजीनामा माग्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर