एसियाली पूर्वाधार बैंकद्वारा बंगलादेशलाई २६ करोड ऋण प्रदान — OSNepal

एसियाली पूर्वाधार बैंकद्वारा बंगलादेशलाई २६ करोड ऋण प्रदान

LC (KTM) May 26, 2021 0

ढाका, ११ जेठ – एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले बंगलादेशमा आर्क स्टिल पुल निर्माणका लागि २६ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । बंगलादेशमा यस किसिमको यो पहिलो पुल हो ।बेइजिङस्थित एआईआईबीको कार्यालयले जारी गरेको विज्ञप्तिमा केवटथली पुलको निर्माणले बंगलादेशको उत्तरी शहर मिमेनसिंहको बढ्दो ट्राफिक समस्या सुल्झाउन ठूलो मद्दत गर्ने उल्लेख छ ।

यसबाहेक, यो पुल ढाका–मिमेनसिंह–भारत सीमा कोरिडरको एक हिस्सा पनि हुनेछ र यो पुल स्थानीय एवं क्षेत्रीय सम्पर्क सञ्जालका लागि रणनीतिक महत्वको रहेको छ । पुलको निर्माण सम्पन्न भएपश्चात् उत्तरी क्षेत्रका करिब एक करोड १० लाख मानिसलाई स्थानीय र क्षेत्रीय यात्राका लागि ठूलो मद्दत पुग्ने एआईआईले जनाएको छ । (रासस–सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर