प्रधानन्यायाधीशले बोलाएको न्याय परिषदको बैठक बहिस्कार गर्न नेपाल बारको आग्रह — OSNepal

प्रधानन्यायाधीशले बोलाएको न्याय परिषदको बैठक बहिस्कार गर्न नेपाल बारको आग्रह

LC (KTM) November 11, 2021 0

काठमाडौं २५ कात्तिक । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बोलाएको न्याय परिषदको बैठक बहिस्कार गर्न सबै न्यायपरिषदका सदस्यहरुलाई आग्रह गरेको छ । बारले पत्र मार्फत सबैलाई उक्त बैठक बहिष्कार गर्न आग्रह गरेको हो ।

बारको अगुवाईमा भइरहेको विरोध प्रदर्शनमा बाबजुत पनि प्रधानन्यायाधीशले बैठक बोलाएपछि बारले बैठकमा नजना आग्रह गरेको छ । केहि दिन देखि जवराको राजीनामा माग्दै सर्वोच्च अदालतको परिसरमा विरोध प्रदर्शनमा भइरहेको छ ।

न्यायिक जगत र आम नागरिकको समेत विश्वास गुमाइसकेका प्रधानन्यायाधीशले न्याय परिषदको बैठक डाकेर विकृति बढेको बताउँदै बारले उक्त बैठक वहिष्कार गर्न आग्रह गरेको हो ।

साथै न्यायपालिकालाई विकृति, विसंगति, बिचौलिया र भ्रष्टाचारमुक्त बनाउन सबैले सहयोग गर्नुपर्ने पनि बारे पत्रमार्फत जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर