ललितपुरस्थित ग्वार्को चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक २१ वर्षीय स्वप्निल लामाको मृत्यु — OSNepal

ललितपुरस्थित ग्वार्को चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक २१ वर्षीय स्वप्निल लामाको मृत्यु

LC (KTM) November 11, 2021 0

काठमाडौं २५ कात्तिक । ललितपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ ।

आज बिहिबार बिहान ६ बजे ललितपुरस्थित ग्वार्को चोकमा बा ६७ प ४६८३ नम्बरको स्कुटरलाई ना ६ ख १९३३ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोकका २१ वर्षीय स्वप्निल लामाको ज्यान गएको छ ।

दुर्घटना पछि गम्भिर घाइते भएका उनको बी एण्ड बी अस्पताल पुर्‍याउनासाथ डाक्टरले उनलाई मृत घोषणा गरेका हुन् ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोले दिएको जानकारी अनुसार ट्रक चालकलाई भने नियन्त्रण लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर