देशभर मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना — OSNepal

देशभर मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

LC (KTM) May 26, 2021 0

काठमाडौं । बंगालको खाडीबाट उत्पन्न भएको यास नामक चक्रवाताको प्रभावले देशभर मेघगर्जन चट्याङ्गसहित वर्षा हुने भएको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार उँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

अहिले प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको छ त्यस्तै काठमाडौंमा वर्षा भइरहेको छ । देश १, प्रदेश २, बाग्मती, र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशहरुका एक वा दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर