मुम्बई । चर्चित वलिउड अभिनेत्री मल्लिका शेरावतले ६ वर्षपछि बलिउडमा कमब्याक गर्ने भएकी छन् । उनी हरर थ्रिलर नागमतीमा एक राजकुमारीको रुपमा देखिनेछिन् । सो चलचित्रमा उनले आफ्नो राज्यलाई एक सर्पको अभिशापबाट जोगाउने प्रयास गर्ने कोशिस गर्ने बताइएको छ । तमिल चलचित्र निर्देशक वीसी वादिवुदयानले बलिउडमा डेब्यू गर्ने यो फिल्मको काम सोमबारबाट कर्जतमा शुरु भएको छ ।सौर्य दैनिकमा खबर छ । योसँगै सन् २०१५ मा ‘डर्टी पोलिटिक्स’ पछि वेब शोमा काम गरिरहेकी मल्लिका पहिलोपटक बलिउडको सेटमा फर्किएकी छन् । यस चलचित्रमा उनी दुई फरक–फरक रुपमा देखिने बताइएको छ ।
यो चलचित्रमा तीन युग – १९००, १९४७ र १९७० मा घटिएको घटना देखाइने छ । मूलरुपमा हिन्दी भाषामा सुट गरिने यो चलचित्रलाई तमिल, तेलुगु, कन्नड र मलयालममा डब गरिनेछ । कर्जत र मुम्बई लेगपछि राजस्थान र दक्षिण अफ्रिकामा चलचित्रको छायाँकन गरिनेछ । यही चलचित्रका लागि भनेर मल्लिकाले महामारीका दौरान घोडाको सवारी र तलवारबाजीको प्रशिक्षण लिएकी थिइन् ।