काठमाडौं ।सलमान खानले अभिनेता कमाल रसिद खान माथि मानहानीको मुद्दा दायर गरेका छन् । पछिल्लो फिल्म ‘राधे’को नराम्रो समिक्षा गरेको भन्दै उनले रसिद विरुद्ध मानहानीको मुद्दा दायर गरेका हुन् ।रसिदले केआरकेले फिल्म रिलिज भएकै दिन समीक्षाको भिडियो सार्वजनिक गर्दै फिल्म एकदमै ‘झुर’ भएको बताउँदै फिल्म हेरेर समय खेर नफाल्न सुझाव दिएका थिए ।
उनले फिल्म हेरेर आफ्नो दिमाग घुमेको बताउँदै समीक्षा भिडियोमै रोएका थिए । सलमानले मुद्धा हालेको कुरा पनि उनले नै जानकारी दिएका हुन् । सलमान खानको टीमले मुद्दाको छिटो सुनुवाइ गरिदिन अदालतसमक्ष आग्रह गरेकोउनले उल्लेख गरेका छन् ।यसो त रसिदले मात्र होइन् फिल्मलाई अधिकांश भारतीय मिडियाले कम रेटिङ दिएका छन् । कतिले त ०।५ रेटिङसमेत दिएका छन् । यद्यपि अधिकांशले २।५ सम्मको रिभ्यू दिएका छन् ।