ओली प्रवृत्तिको विरोधी लडाइँमा प्रभावकारी भूमिका खेल्न भन्दै नेता झा प्रचण्डसँग विदा भई नेकपा एस पार्टी प्रवेश — OSNepal

ओली प्रवृत्तिको विरोधी लडाइँमा प्रभावकारी भूमिका खेल्न भन्दै नेता झा प्रचण्डसँग विदा भई नेकपा एस पार्टी प्रवेश

LC (KTM) November 10, 2021 0

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) मा नेता तथा पूर्वमन्त्री रामचन्द्र झा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् । उनलाई पार्टीमा स्वागत गर्न झाको निर्वाचन क्षेत्रको तिनकोरिया चोकमा औपचारिक कार्यक्रम गरिने नेकपा एसले जनाएको छ ।

आफु नेकपा एसमा जान लागेको भन्दै उनले अध्यक्ष प्रचण्डसँग पनि बिदा मागिसकेको बुझिएको छ । माओवादीका केन्द्रीय सदस्य झाले माधव नेपाल सँग आफुले ३० वर्ष काम गरिसकेकोले आफैले बनाएको घरमा जानु नौलो नभएको बताएका छन् ।

नेता झाले नेकपा एमालेका अध्यक्ष केपी ओली प्रवृत्तिको विरोधी लडाइँमा प्रभावकारी भूमिका खेल्न नेपालको पार्टीमा गएर हुने पनि बताएका छन् । पहिलो संविधानसभा विघटनपछि झा एमालेबाट माओवादीमा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर