१२ औं राष्ट्रिय जनगणनाको सुरुवात राष्ट्रपति भण्डारीको परिवारको तथ्यांक संकलन गरेर गरिने — OSNepal

१२ औं राष्ट्रिय जनगणनाको सुरुवात राष्ट्रपति भण्डारीको परिवारको तथ्यांक संकलन गरेर गरिने

LC (KTM) November 10, 2021 0

काठमाडौं २४ कात्तिक । १२ औं राष्ट्रिय जनगणना २०७८को सुरुवात राष्ट्रपति विद्यादेवी भण्डारीको परिवारको तथ्यांक संकलन गरेरे गरिने भएको छ । भोली बिहिबार बिहान साढे नौ बजे राष्ट्रपति भण्डारीको परिवारको तथ्यांक संकलन गरेर सुरुवात गरिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

त्यसपछि भने प्रधानमन्त्री शेरबहादुर देउवाको ११ बजे र १ बजे उपराष्ट्रपति नन्दबहादुर पुन परिवारको तथ्यांक संकलन गरिने विभागले जनाएको छ ।

जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर ८५०० जना सुपरीवेक्षक खटिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । जनगणनाको लागि २२५० वटा ट्यावलेट प्रयोग हुने तथ्यांक विभागले जनाएको छ ।

हरेक परिवारलाई २० मिनेट लाग्ने बताएको विभागले १५ दिनभित्रै जनगणनाको तथ्यांक संकलन गर्नुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर