काठमाडौं २४ कात्तिक । सत्तागठवन्धनको समर्थनमा प्रदेश १ को मुख्यमन्त्री बनेका राजेन्द्र राईले कात्तिक ३० गते विश्वासको मत लिने भएका छन् ।
कात्तिक १६ गते मुख्यमन्त्री पदमा नियुत्त भएका उनले कातित्त ३० गते प्रदेश सभाको बैठकमा दिउँसो साढे १२ बजे विश्वासको मत लिने भएका हुन् ।
हाल ९२ जना सांसद रहेको प्रदेश १मा सत्तागठवन्धको मात्र ५० जना सांसद रहेका छन् । मुख्यमन्त्रीमा नियुक्त भएसँगै राईले ४ जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरिसकेका छन् ।