कालापानी, लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न भारतले अनुमति नदिए अनुमानका आधारमा गरिने — OSNepal

कालापानी, लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न भारतले अनुमति नदिए अनुमानका आधारमा गरिने

LC (KTM) November 10, 2021 0

काठमाडौं २४ कात्तिक । नेपाल सरकार फेरि एक कदम पछाडी हटेको छ । भोली बिहिबारबाट सुरु हुने १२ औं राष्ट्रिय जनगणनामा भारतले अनुमति नदिए दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना अनुमानका आधारमा हुने भएको छ ।

केन्द्रीय तथ्यांक विभागले भारतले जनगणना गर्न अनुमति नदिए अनुमानको आधारमा त्यस क्षेत्रको गणना हुने बताएको हो । परराष्ट्र मन्त्रालयमार्फत भारतसँग समन्वय भइरहेको भएपनि अनुमति नदिए अनुमानका आधारमा गर्नुपर्ने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ जनाएका छन् ।

परराष्ट्र मन्त्रालयमार्फत भारतले दिएमा फिजिकल्ली गर्ने ,गर्न नसके स्याटालाइट प्रयोग गरेर, घर गनेर, औसत निकालेर अनुमान गर्ने बताइएको छ । यसको लागि कुटनितिक पहल भइरहेको पनि श्रेष्ठले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर