१२ औं राष्ट्रिय जनगणना २०७८ को लागि भोली बिहिबारबाट ४० हजार गणक फिल्डमा खटिदै हरेक घरमा ८० वटा प्रश्न सोधिँदै — OSNepal

१२ औं राष्ट्रिय जनगणना २०७८ को लागि भोली बिहिबारबाट ४० हजार गणक फिल्डमा खटिदै हरेक घरमा ८० वटा प्रश्न सोधिँदै

LC (KTM) November 10, 2021 0

काठमाडौं २४ कात्तिक । १२ औं राष्ट्रिय जनगणना २०७८ को लागि भोली बिहिबारबाट ४० हजार जना गणक फिल्डमा खटिने भएका छन् । यी गणकहरुले हरेकको घरमा पुगेर ८० वटा प्रश्न गर्ने भएका छन् ।

जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर ८५०० जना सुपरीवेक्षक खटिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । जनगणनाको लागि २२५० वटा ट्यावलेट प्रयोग हुने तथ्यांक विभागले जनाएको छ ।

हरेक परिवारलाई २० मिनेट लाग्ने बताएको विभागले १५ दिनभित्रै जनगणनाको तथ्यांक संकलन गर्नुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर