काठमाडौं २४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले पुर्व राजा ज्ञानेन्द्र शाहलाई देशमा फेरि शासन गर्ने भए चुनाव लडेर आउन चुनौती दिएका छन् ।
बुधबार शान्तिबाटिकामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले पुर्व राजा शाहलाई यस्तो चुनौती दिएका हुन् ।
गणतान्त्रिक शासन व्यवस्था विरुद्ध नलाग्न भन्दै उनले भनेका छन्, ‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ । शासन व्यवस्था विरुद्ध नलाग्नुस् ।’