प्रजातन्त्र बाहेक सबै कुरा सुम्पिन तयार छु भन्दा पनि ज्ञानेन्द्र शाहले मलाई जेलमा कोचे : प्रधानमन्त्री देउवा — OSNepal

प्रजातन्त्र बाहेक सबै कुरा सुम्पिन तयार छु भन्दा पनि ज्ञानेन्द्र शाहले मलाई जेलमा कोचे : प्रधानमन्त्री देउवा

LC (KTM) November 10, 2021 0

काठमाडौं २४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि शासन गर्ने भए चुनाव लडेर आउन चूनौती दिएका छन् । बुधबार शान्ति वाटिकामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले गणतान्त्रिक शासन व्यवस्था विरुद्ध नलाग्न आग्रह गर्दै यस्तो चूनौती दिएका हुन् ।

‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ’ ‘शासन व्यवस्था विरुद्ध नलाग्नुस् ’देउवाले भने । पुर्व राजा ज्ञानेन्द्रले आफुलाई जेलमा हालेको स्मरण गर्दै देउवाले कार्यक्रममा भने, ‘म प्रजातन्त्र बाहेक सबै कुरा सुम्पिन तयार छु भन्दा पनि ज्ञानेन्द्रले मलाई जेलमा कोचे’ ।

कार्यक्रममा उनल संविधानको विषयमा आफ्नो केहि असन्तुष्टि रहेको भन्दै यसलाई सुधार्दै लैजाने समेत प्रतिवद्धता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर