२२ वर्षीय युवकको हत्या गरेको आरोपमा ६ जना पक्राउ,कारवाहीको माग राख्दै राजमार्ग अवरुद्ध — OSNepal

२२ वर्षीय युवकको हत्या गरेको आरोपमा ६ जना पक्राउ,कारवाहीको माग राख्दै राजमार्ग अवरुद्ध

LC (KTM) November 10, 2021 0

काठमाडौं २४ कात्तिक । २२ वर्षीय युवकको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय भुपेन्द्र बडुवाललाई मंगलबार ६ जनाको समुहले लखेट्दै चककुर प्रहार गरी हत्या गरेका थिए । बडुवालको कैलाली जिल्लाको टीकापुर नगरपालिका–१ को सिद्धार्थ होटल नजिक हत्या गरिएको थियो ।

मृतकका परिवार र आफन्तले हत्यामा संलग्न भएकाहरुलाई कारवाहीको माग राख्दै राजमार्ग अवरुद्ध गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलाली र ईलाका प्रहरी कार्यालय टीकापुरको टोलीले सयुंक्त रुपमा यस घटनाको अनुशन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर