छठ पर्व समृद्धिको सूचक,पर्यावरण रक्षा र स्वास्थ्य लाभको कामनासहित मनाइने विशेष पर्व हो : गगन थापा — OSNepal

छठ पर्व समृद्धिको सूचक,पर्यावरण रक्षा र स्वास्थ्य लाभको कामनासहित मनाइने विशेष पर्व हो : गगन थापा

LC (KTM) November 10, 2021 0

काठमाडौं २४ कात्तिक । नेपाली कांग्रेसका नेता गगन थापाले छठ पर्व समृद्धिको सूचक,पर्यावरण रक्षा र स्वास्थ्य लाभको कामनासहित मनाइने विशेष पर्व भएको भन्दै सबैलाई शुभकामना दिएका छन् । नेता थापाले सामाजिक सञ्जाल मार्फत सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

नै समय तराईको निश्चित समुदायमा मनाइने यो पर्व अब राष्ट्रिय पर्व बनिसकेको समेत नेता थापाले बताएका छन् । आज यो पर्वको तेस्रो दिन अस्ताउँदो सूर्य र भोलि उदाउँदो सुर्यको पूजा गरेर समापन हुन्छ। उनले भनेका छन् ।

नेता गगन थापाले लेखेका छन्, ‘छठ पर्व समृद्धिको सूचक,पर्यावरण रक्षा र स्वास्थ्य लाभको कामनासहित मनाइने विशेष पर्व हो।कुनै समय तराईको निश्चित समुदायमा मनाइने यो पर्व अब राष्ट्रिय पर्व बनिसकेको छ।आज यो पर्वको तेस्रो दिन अस्ताउँदो सूर्य र भोलि उदाउँदो सुर्यको पूजा गरेर समापन हुन्छ।सम्पूर्णमा हार्दिक शुभकामना।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर