मुम्बई । कोरोना संक्रमणबीच अक्षयकुमार अभिनित ‘सूर्यवंशी’ले भारतको बक्स अफिसमा ६ दिनमै सय करोड व्यापार गरेको छ । बलिउड सिनेमाले डेढ वर्षदेखि राम्रो व्यापार गर्न सकेको थिएन ।वितरकका अनुसार यसअघि सन् २०२० जनवरीमा रिलिज अजय देवगनको फिल्म ‘तान्हाजी’ले सय करोड व्यापार गरेको थियो । लगत्तै कोरोना लहर सुरु भएपछि कुनै पनि फिल्मले यसरी व्यापार गर्न सकेको थिएन ।
भारतका कतिपय राज्यमा अझै ५० प्रतिशत सिटमा मात्र दर्शक राख्न दिइएको छ । यस्तो अवस्थामा ‘सूर्यवंशी’ले सय करोड व्यापार गर्नुलाई सफल मानिएको छ ।राजधानि दैनिकमा खबर छ । कोरोना संक्रमणबीच सिनेमा हेर्न दर्शक जाँदैनन् भन्ने अनुमान थियो । तर, त्यो गलत भएको र दर्शकले आफूहरूलाई अहिले पनि उस्तै माया गरेको अभिनेता अक्षयकुमारले बताएका छन् । उनको सय करोड व्यापार गर्ने ‘सूर्यवंशी’ १५औं फिल्म हो ।
यसअघि, सय करोड व्यापार गर्ने १५औं फिल्मको रेकर्ड बलिउडमा सलमान खानले बनाएका थिए । उनको रेकर्डमा यतिबेला अक्षय कुमारले टक्कर दिएका छन् । अक्षय कुमारको सय करोड व्यापार गर्ने फिल्ममा राउडी राठोर, हाउसफूल–२, होलिडे, एयरलिफ्ट, हासउफुल–३, रुस्तम, जोली एलएलबी–२, ट्वाइलेट एक प्रेम कथा, गोल्ड, २।०, केसरी, मिसन मंगल, हाउसफुल–४, गुड न्युज र सूर्यवंशी हुन् ।