प्रधानमन्त्री ओलीका पक्षमा विश्वासको मत दिन ह्विप जारी — OSNepal

प्रधानमन्त्री ओलीका पक्षमा विश्वासको मत दिन ह्विप जारी

LC (KTM) May 09, 2021 0

काठमाडौँ, २६ वैशाख – नेकपा (एमाले) संघीय संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवम् नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीेलाई विश्वासको मतका पक्षमा मतदान गर्न ह्विप जारी गर्नुभएको छ । संसदीय दलको बैठकपछि मुख्य सचेतक भट्टराईले सोमबार अपराह्न १ बजे प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थिति भई विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न सबै सांसदलाई ह्विप जारी गर्नुभएको हो ।

संसदीय दलका नेताको निर्देशनानुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २८ र एमाले संघीय संसदीय दलको विधान, २०७७ को धारा २४ बमोजिम सो ह्विप जारी गरिएको हो । प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै हुनुहुन्छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर