न्यायपालिकाभित्र विचौलियाको नाइके मात्र बनेका चोलेन्द्रशम्शेरलाई हटाउनुपर्छ : बार अध्यक्ष श्रेष्ठ — OSNepal

न्यायपालिकाभित्र विचौलियाको नाइके मात्र बनेका चोलेन्द्रशम्शेरलाई हटाउनुपर्छ : बार अध्यक्ष श्रेष्ठ

LC (KTM) November 09, 2021 0

काठमाडौं २३ कात्तिक । नेपाल बार एहोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जवरा न्यायालय बचाउन तर्पm भन्दा आफ्नो पद जोगाउन तिर लागेको आरोप लगाएका छन् ।

बारको दोस्रो चरणको विरोध प्रदर्शनमा सहभागी भएका श्रेष्ठले प्रदर्शन पछि कार्यक्रमलाई सम्बोधन गर्दै जवरा न्यायपालिकाभित्र बिचौलियाका नाइके मात्र बनेको आरोप लगाएका लगाएका हुन् ।

जवराको राजीनामा नआएसम्म आन्दोलन नरोकिने बताएका   उनले भने , 'प्रधानन्यायाधीस न्यायपालिकाभित्रको विचौलियाको नाइके मात्र भएका छन् । विचौलियाको नाइके चोलेन्द्रशम्शेरलाई हटाउनुपर्छ ।’

न्यायापलिकाको संरक्षण र आस्था धरोहर जोगाउन आफुहरु एक हुनुपर्ने बताएका उनले भने, ‘प्रधानन्यायाधीसको आफु खुसी ढंगले जुन खालको पेशी तोकेको छ, त्यसले न न्यायाधीशको विश्वास लिन सकेको छ, न बारको’ ।

बारले २५ गतेबाट उपत्यकाका सम्पूर्ण अदालत दुई घण्टा बन्द गर्ने गरी बारले आन्दोलनको कार्यक्रम ल्याएको समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर