बार अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ, हेर्नुहोस तस्विर — OSNepal

बार अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ, हेर्नुहोस तस्विर

LC (KTM) November 09, 2021 0

काठमाडौं, २३ कात्तिक- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसन आन्दोलनमा छन् । बारले मंगलबार पनि आन्दोलन जारी राखेको छ ।सोही क्रममा मंगलबार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ परेका छन् ।

बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगे तारा बरालसहित तीन जना महिलालाई बार कार्यालयको गेटअगाडिबाटै प्रहरीले पक्राउ गरेको हो ।मुलुकको न्याय प्रणाली जोगाउनका लागि भन्दै उनीहरू तालाबन्दी गर्न पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर