काठमाडौँ । भारतीय सुपरस्टार शाहरुख खान पछिल्ला दिनमा छोरी सुहानाका कारण पनि समाचारमा छाइरहन्छन् । हालै २१ वर्षमा लागेकी शाहरुखपुत्री सुहाना अहिलेसम्म अभिनयको क्षेत्रमा आइनसकेको भएता पनि उनको सामाजिक संजालको सक्रियताले उनी कुनै स्टार भन्दा कम छैनन । उनको चर्चा ब्यापक छ ।
यर्सबिच हालै उनको जन्मदिन धुमधामले मनाइएको छ । जन्मदिनमा उनकी आमा गौरीले ट्वीटरमा एक पोस्ट शेयर गरेकी थिइन् । जसमा उनले सुहानाको तस्वीरसँगै छोरीलाई जन्मदिनको शुभकामना ब्यक्त गरिन् । गौरीले तस्वीरसँगै ‘ह्याप्पी बर्थडे, तिमी निकै राम्री छौं आज, भोलि र जहिल्यै’ पोस्ट गरे लगत्तै गौरीको यो पोस्टमा कैयौंले प्रतिक्रिया जनाए ।
जसमध्ये एक प्रयोगकर्ताले प्रतिक्रिया दिँदै सुहानासँग आफूले विवाह गर्न चाहेको र आफ्नो मासिक पारिश्रीमक १ लाख भएको बताए । ती व्यक्तिको यो प्रतिक्रिया सामाजिक सञ्जालमा भाइरल भएसँगै कतिपय प्रतियोगीले सुहानाले बोकेको ब्यागको मूल्य नै तीन लाख रुपैंयाँ पर्ने भनेर ति १ लाख खानेलाई ब्यग्य गरेका छन् ।