सुदूरपश्चिम प्रदेश कमिटीको बैठक गुटबन्दीको नमूना हो ,यसका निर्णयहरू अवैध र अमान्य हुनेछन् : भीम रावल — OSNepal

सुदूरपश्चिम प्रदेश कमिटीको बैठक गुटबन्दीको नमूना हो ,यसका निर्णयहरू अवैध र अमान्य हुनेछन् : भीम रावल

LC (KTM) November 09, 2021 0

काठमाडौं २३ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष डा भीम रावलले आज हुने भनिएको सुदुरपश्चिम प्रदेश कमिटीको बैठक अमान्य र अवैध हुने बताएका छन् । मंगलबार पार्टी प्रदेश कमिटिको पार्टी कार्यालय ११ बजे बस्ने बैठक प्रति नेता रावलले आपत्ती जनाएका हुन् ।

‘आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ ‘ रावलले भनेका छन् ।
आज बस्ने यो बैठक गुटवन्दीको नमुना भएको बताएका उनले सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, “आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ । यो गुटबन्दीको नमूना हो । यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् । अपानि १२ झापामा लागु हुने, सु.प.मा लागु नहुने किन ? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि ?” रावलले बैठक र यसका निर्णयहरू अवैध र अमान्य हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर