काठमाडौं-दुई दर्जन बढी नेपाली गीत गाएका चर्चित भारतीय गायक कुमार सानु जनकपुर आउने भएका छन् । मंसिर ४ गते जनकपुरधाममा हुन लागेको ‘कुमार सानु लाइभ इन कन्सर्ट’ मा सहभागी हुन सानु नेपाल आउने भएका हुन् ।
कार्यक्रम जनकपुरको होटल राज दरबारमा आयोजना हुने छ । ‘कुमार सानु लाइभ इन कन्सर्ट’ ले जनकपुरस्थित धार्मिक तथा प्रदेश २ को पर्यटक प्रवर्द्धनमा सघाउ पुग्ने आयोजक ब्लूबर्ड इन्टरटेन्मेन्टले जनाएको छ ।
एक भिडियो सन्देशमार्फत् गायक सानुले आफू जनकपुरमा आउन लागेको बताएका छन्। उनले ‘भरे आउँछु सपनीमा, फूल भए जिन्दगी, म त अब रिसाउँछु, साचिरहँ जस्तो लाग्छ, मनको मन्दिर, जनम जनमको, म त आएँ, यसपालीको बसन्तमा’ लगायतका चर्चित गीत गाएका छन् ।
कन्सर्टमा नेपालका चर्चित गायक सुगम पोखरेल, रोशन पराजुली र कलाकार पूजा ठाकुरले पनि प्रस्तुति दिनेछन्।कार्यक्रमको होस्ट सुशील नेपालले गर्नेछन्। उँसोको साढे ४ बजेबाट सुरु हुने कन्सर्टमा सहभागी हुन ४५ सय र ३ हजारको टिकट दर तय गरिएको छ।