प्रदेशको प्रगति र विकासको कामलाई अगाडि बढाउने प्रतिवद्धता साथ नवनियुक्त मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत — OSNepal

प्रदेशको प्रगति र विकासको कामलाई अगाडि बढाउने प्रतिवद्धता साथ नवनियुक्त मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

LC (KTM) November 08, 2021 0

काठमाडौं २२ कात्तिक । नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सभाको बैठकमा विश्वासको मत मागेका छन् । पाँच गठवन्धन दलको सहमतिमा मुख्यमन्त्री बनेका पाण्डेलाई गठवन्धन दलको समर्थन रहेको छ ।

पाण्डले आफुलाई विश्वासको मत दिन भन्दै बैठकमा सहभागी सबैदलसँग आग्रह गरेका छन् । मलाई विश्वासको मत दिएर हौसला प्रदान गर्नुहुन्छ भन्ने अपेक्षा राखेको बताउँदै पाण्डेले वागमती प्रदेशको प्रगति र विकासको कामलाई अगाडि बढाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

मुख्यमन्त्री पाण्डे कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर