सीसीएमसी लाई प्रधानमन्त्री ओलीको कडा निर्देशन, नागरिकलाई तत्काल खोप उपलब्ध गराउन आदेश — OSNepal

सीसीएमसी लाई प्रधानमन्त्री ओलीको कडा निर्देशन, नागरिकलाई तत्काल खोप उपलब्ध गराउन आदेश

LC (KTM) May 25, 2021 0

कोरोनाको महामारी तिब्र बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसी लाई कडा निर्देशन दिएका छन् । उनले बैठकमा तत्काल नागरिकका लागि खोप उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्न भनेका छन् । जारी अध्यादेशअनुसार प्रधानमन्त्री अध्यक्ष रहनुभएको कोभिड–१९ निर्देशक समितिको मङ्गलवार बसेको पहिलो बैठकमा प्रधानमन्त्रीले कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि तत्काल सबै नागरिकलाई खोपको सुनिश्चितता गर्ने गरि काम गर्न निर्देशन दिएका हुन् ।

त्यतिमात्र हैन ओलीले प्रक्रिया सम्मत ढंगले आवश्यक तत्कालीक कार्यहरु अघि बढाउन समेत निर्देशन दिए । ओलीले कोभिड–१९ नियन्त्रणसम्बन्धी र सार्वजनिक खरिद ऐनसम्बन्धी अध्यादेशले सम्पूर्ण प्रक्रियागत जटिलताको समाधान गरेको भन्दै कोभिड–१९ व्यवस्थापन केन्द्रलाई तदारुकताका साथ कामअघि बढाउन निर्देशन दिए ।

खोपको प्रभावकारिता देखिएकाले पहिलो प्राथमिकता भनेको खोप नै रहेको पनि बैठकमा उनले बताएका थिए । विभिन्न देशबाट उपलब्ध भएका खोप र स्वास्थ्य सामाग्रीको यथार्थ विवरण राखेर समानुपातिक र न्यायपूर्ण रूपमा अस्पतालमा वितरण गर्न निर्देशन दिएका छन् ।

आवश्यक ऐन, नियम नभएका कारण समस्या भए पनि अब सबै समस्याको सम्बोधन भएकोले ढिला गर्ने छुट नभएको भन्दै प्रधानमन्त्रीले एक्शनमा जान कोभिड–१९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर