सर्वोच्च अदालतले सेटिङ मिलाएर अन्यायपूर्ण संसद विघटन बदर गर्ने फैसला गरेको रहेछ : ओली — OSNepal

सर्वोच्च अदालतले सेटिङ मिलाएर अन्यायपूर्ण संसद विघटन बदर गर्ने फैसला गरेको रहेछ : ओली

LC (KTM) November 08, 2021 0

काठमाडौं २२ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले सेटिङ मिलाएर अन्यायपूर्ण संसद विघटन बदर गर्ने फैसला गरेको बताएका छन् ।

सोमबार विराटनगरमा आयोजित एक कार्यक्रममा सहभागी भएका अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । वर्तमान न्यायालयमा देखिएको विवादबारे बोल्दै ओलीले यो सबै उनीहरुले आ आफ्नो पोल खोल्दै छन् । अझै अरु खुल्न बाँकी रहेको बताएका छन् ।

‘यो कसरी गरिएको भन्ने उहाँहरु ९न्यायाधीशहरु) अहिले भन्दै हुनुहुन्छ । सेटिङ रहेछ । कसका कल्लाई मन्त्री बनाइदिने, कसका कल्लाई राजदूत बनाइदिने, कसका कल्लाई कहाँ के दिने । यो त देखिएको कुरा नदेखिएको के के लेनदेन भयो‘अझै खुल्न बाँकी होला’ । ओलीले भने

सर्वोच्च शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर संविधानको अपमान गरेको बताएका ओलीले सर्वोच्च अदालतले राष्ट्रपतिको अधिकार प्रयोग गरेको बताए ।

‘हामी डेमोक्रेटिक सिस्टटमा अदालत स्वतन्त्र मर्यादामा रहोस् मर्यादित हैसियतमा रहोस् भन्ने कामना गर्दछौं । तर दुखका साथ भन्नुपर्छ । हाम्रो सम्मानित अदालतले त्यसरी फैसला गरेन । ओलीले कार्यक्रममा ओलीले अघि भने,सम्मानजनक निष्पक्ष फैसला गरेन । र संविधान बमोजिमको फैसला गरेन । संविधान भन्दा बाहिर गएर फैसला गर्‍यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर