काठमाडौं २२ कात्तिक । सरकारले समन्वय समिति बनाउने भएको छ । सरकार सञ्चालन गर्न सहज बनाउन सत्तागठवन्धन दलहरुले समन्वय समिति बनाउने भएका हुन् । आज साँझ पाँच बजे बस्न लागेको सत्तागठवन्धनको बैठकमा यस विषयमा छलफल गर्ने बताइएको छ ।
यस अघि नै सरकारमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समानवादी र जनता समाजवादी पार्टीका नेताहरु रहेको कार्यदलले सरकार सञ्चालनसम्न्धी कार्यविधिको मस्यौदा तयार पारिसकेको छ ।
उक्त समन्वय समितिमा सरकारमा सहभागी दलबाट तिन तिन जना रहने समेत बुझिएको छ ।