पावर कपलका रुपमा देखिएका बिराट कोहली र अनुष्का शर्माले फेरी एकपटक सबैको मन जितेका छन् । उनीहरुको यो कार्यको हरेक जोडीम चर्चा सुरु भएको छ ।
उनीहरुले १६ करोड भन्दा बढी धनराशी खर्चिएर एक बच्चाको ज्यान बचाएका छन् । स्पाईनल मस्कुलर एट्रोफि नामको बिरामी संग लडिरहेकी आयाँश गुप्ताको औषधी उपचारका लागि उनीहरुले यो धनराशी खर्चिएका हुन् ।
सानी बच्चिको औषधी अत्यन्तै महंगो भएको र कसैले पनि साथ नदिरहेका बेला बिराट तथा अनुष्काले यो पुण्यको काम गरेका हुन् । उक्त बिरामीको लागि औषधी नै १६ करोडको खर्चनु परेको हो ।
ति बच्चिको अभिभावकले बिराट अनुष्कालाई मुरी मुरी धन्यबाद समेत दिएका थिए ।