मुम्बई । दक्षिण भारतीय चर्चित अभिनेता रजनीकान्त अभिनीत चलचित्र ‘अन्नात्थे’ प्रदर्शनमा आएको छ । सन पिक्चर्सका अनुसार यो चलचित्र १ हजार १ सयभन्दा धेरै विदेशी फिल्महलमा सार्वजनिक भएको छ । यो कुनै पनि तामिल चलचित्रको सबैभन्दा ठूलो रिलिज भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
आफ्नो एक ट्वीटमा सन पिक्चर्सले लेखेको छ, ‘अन्नात्थे अमेरिकामा मात्र ६ सय ७७ फिल्म हलमा प्रदर्शन भएको छ ।’सौर्य दैनिकमा खबर छ । यो चलचित्र दीपावलीको दिन प्रदर्शनमा आएपछि यसको खुसीमा चेन्नईको फिल्म हलको बाहिर रजनीकान्तका प्रशंसकले उत्सव मनाएका छन् ।