काठमाडौं-पूर्वप्रधानमन्न्त्री डा। बाबुराम भट्टराईले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मानुषी बेलायत गएको प्रमाणित गर्न चुनौती दिएका छन् । सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै बाबुरामले चूनौती दिएका हुन् ।आइतबार राजधानीमा आयोजित एक कार्यक्रमा पूर्वप्रधानमन्त्री ओलीले भट्टराईलाई कहाँको आम्दानीले छोरीलाई बेलायत पढाएको भनेर प्रश्न गरेपछि बाबुरामले यस्तो जवाफ दिएका हुन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुरामकी छोरी बेलायतमा पढेकोमा प्रश्न उठाएका थिए ।
जवाफ ट्वीटरमा दिँदै उनले भनेका छन् पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले तथ्यहिन उडन्ते कुरा गर्नु शोभनीय भएन् म्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्धपूर्व २०४९–०५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेला संगै गएको र संगै फर्केकी हुन् । त्यसयता उनी बेलायत गएको प्रमाणित गर्नुस् न १