राजदुत नियुक्त गर्दा पार्टीहरूको भागबन्डाभन्दा पनि देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान् व्यक्तिको छनोट गरौँ : प्रवक्ता श्रेष्ठ — OSNepal

राजदुत नियुक्त गर्दा पार्टीहरूको भागबन्डाभन्दा पनि देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान् व्यक्तिको छनोट गरौँ : प्रवक्ता श्रेष्ठ

LC (KTM) November 07, 2021 0

काठमाडौं २१ कात्तिक । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले अब छिट्टै राजदूतहरूको नियुक्ति प्रक्रिया अघि बढ्ने बताएका छन् । राजदुत नियुक्त गर्न पार्टीहरूको भागबन्डाभन्दा छुट्टै साझा सूची बनाउन समेत प्रवक्ता शर्माले आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्,अब छिट्टै राजदूतहरूको नियुक्ति प्रक्रिया अघि बढ्ने होला । यद्यपि, प्रमले तीनजनाको नियुक्ति गरिसक्नुभयो । अब बाँकी राजदूतहरू नियुक्तिको सम्बन्धमा मेरो समयमै अनुरोध छ, कम्तीमा पनि केही संख्या पार्टीहरूको भागबन्डाभन्दा छुट्टै साझा सूची बनाऔँ’ ।

यसो नगरिए कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान् व्यक्तिहरूले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने अवस्था र्सिजना हुन सक्ने उनले बताएका छन् । सामान्य बेलामा अमूर्त राम्रा कुरा गर्ने तर लागु गर्नेचाहिँ स्वार्थजन्य यथास्थितिवादी परम्परा हुने गरेकोले यसलाई तोड्ने साहस गर्न सबैलाई नेता श्रेष्ठले आग्रह गरेका छन् ।

उनले लेखेका छन् , अब छिट्टै राजदूतहरूको नियुक्ति प्रक्रिया अघि बढ्ने होला । यद्यपि, प्रमले तीनजनाको नियुक्ति गरिसक्नुभयो । अब बाँकी राजदूतहरू नियुक्तिको सम्बन्धमा मेरो समयमै अनुरोध छ, कम्तीमा पनि केही संख्या पार्टीहरूको भागबन्डाभन्दा छुट्टै साझा सूची बनाऔँ,” उनको प्रस्ताव छ, “अन्यथा कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान् व्यक्तिहरूले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्छ । यो देश र व्यक्ति दुवैका लागि अन्याय हुन्छ । सामान्य बेलामा अमूर्त राम्रा कुरा गर्ने तर लागु गर्नेचाहिँ स्वार्थजन्य यथास्थितिवादी परम्परा हुने गरेकोले यसलाई तोड्ने साहस गरौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर