जुवाखालबाट पक्राउ परेका कांग्रेसका जिल्ला सभापति लामा अस्पताल भर्ना — OSNepal

जुवाखालबाट पक्राउ परेका कांग्रेसका जिल्ला सभापति लामा अस्पताल भर्ना

LC (KTM) November 07, 2021 0

काठमाडौं २१ कात्तिक । नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामालाई अस्पताल भर्ना गरिएको छ । बिहिबार राति जुवाखालबाट पक्राउ परेका लामालाई अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा भर्ना गरिएको छ ।

उच्च रक्तचापको समस्या देखिएको कारण उनलाई अस्पताल लगिएको बताइएको छ । लामासहित जुवाखालबाट पक्राउ परेका १८ जनाविरुद्ध जुवासम्बन्धी मुद्दा सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार नै अस्पताल लगिएको उनलाई कांग्रेस नेताहरुको दबाब परेपछि      अस्पताल  लाने व्यवस्था  मिलाइएको    हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर